Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्षण मध्ये एक जना प्रतिष्ठानका ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी पनि रहेका छन्। उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत भए पनि केही दिनदेखि होटल क्वारेन्टाइनमा बसेका थिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार