Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुर मेडिकल कलेजमा दुई दिनमा २ जनाको मृत्यु

भरतपुर मेडिकल कलेजमा दुई दिनमा  २ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर मेडिकल कलेजमा गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस विषयमा भरतपुर अस्पतालले विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।

यसरी कोरोना संक्रमणबाट मृत्यु हुनेमा हटौँडा- ३ निवासी ६५ वर्षीय महिला र हेटौँडाका ५६ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । महिला साउन ३२ गते र पुरुष भाद्र ६ गते अस्पताल भर्ना भएका थिए । उपचाररत महिलाको शनिबार साँझ ७ :२६ बजे र आइसीयूमा उपचारमा रहेका पुरुषको बिहिबार राती १० :३० बजे मृत्यु भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार