Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्ने संकेत देखिएन, आजै २१६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्ने संकेत देखिएन, आजै २१६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : उपत्यकामा कोरोना संक्रमित घट्ने संकेत नै देखिएको छैन्। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १६० जना, भक्तपुरका ५० जना र ललितपुरका ६ जना रहेका छन्।

लकडाउन खुलेसँगै सर्वसाधारणको आवतजावत बढेपछि काठमाडौं उपत्यकामा संक्रमण समुदायमा फैलिएको  मन्त्रालयले जनाएको छ । आज देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३६ जना डिस्चार्ज भएका छन्।

हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ भने १४६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल १३५ जना कोरोना संक्रमितको देशभरका आइसीयूमा उपचार भइरहेको छ भने १२ जना भेन्टिलेटरमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार