सिभिल अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई होस्टलमा बस्न स्थानीयको अवरोध
हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ बानेश्वस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई स्थानीयले होस्टलमा बस्न अवरोध गरेका छन्।
अस्पतालको ड्युटी सकेर होस्टेल जाने बेलामा उनीहरुलाई स्थानीयले रोकेका हुन्। सिभिल अस्पतालले आफना स्वास्थ्यकर्मीलाई राख्नका लागि बानेश्वरको मिलनचोकमा घर भाडामा लिएको थियो । कोरोनाका कारण स्वास्थ्यकर्मीलाई आवासीय सुविधा दिंदै अस्पतालले त्यहाँ राख्न घर लिएको भए पनि स्थानीयले कोरोना सर्छ भन्दै भित्र पस्नै नदिएको एक स्वास्थ्यकर्मीले जनाए ।
कोरोना कहरका बेला २४औं घण्टा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई यसरी विरोध गर्नु कहाँ सम्मको न्याय हो ,उनले भने । पछिल्लो समय कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई स्थानीयले कोरोना सर्छ भन्दै र्दुव्यवार गरेका घटना बढ्दै गएका छन्।
यो विषयबारे अस्पतालले स्थानीय प्रशासनलाई जानकारी गराएको जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम