Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सिभिल अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई होस्टलमा बस्न स्थानीयको अवरोध

सिभिल अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई होस्टलमा बस्न स्थानीयको अवरोध

हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ बानेश्वस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई स्थानीयले होस्टलमा बस्न अवरोध गरेका छन्।

अस्पतालको ड्युटी सकेर होस्टेल जाने बेलामा उनीहरुलाई स्थानीयले रोकेका हुन्। सिभिल अस्पतालले आफना स्वास्थ्यकर्मीलाई राख्नका लागि बानेश्वरको मिलनचोकमा घर भाडामा लिएको थियो । कोरोनाका कारण स्वास्थ्यकर्मीलाई आवासीय सुविधा दिंदै अस्पतालले त्यहाँ राख्न घर लिएको भए पनि स्थानीयले कोरोना सर्छ भन्दै भित्र पस्नै नदिएको एक  स्वास्थ्यकर्मीले जनाए ।

कोरोना कहरका बेला २४औं घण्टा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई यसरी विरोध गर्नु कहाँ सम्मको न्याय हो ,उनले भने । पछिल्लो समय कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई स्थानीयले कोरोना सर्छ भन्दै र्दुव्यवार गरेका घटना बढ्दै गएका छन्।

यो विषयबारे अस्पतालले स्थानीय प्रशासनलाई जानकारी गराएको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार