चितवनका २० सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनका २० जनासहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा चितवनका मात्रै २० जना रहेका छन्। प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले गत २४ घण्टामा २७० जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा पोजेटिभ रिपोर्ट आएको बताइन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा