बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि
शेर भण्डारी\ डडेल्धुरा : अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएको हो।
बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए।
उनका अनुसार संक्रमितमध्ये ५ जना अस्पतालको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी छन्। यसअघि अस्पतालका २ जनामा संक्रमण पुष्टि भएको थियो।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड