एक जना कोरोना संक्रमित पत्ता लगाउन सरकारको १ लाख ४ हजार खर्च
पीसीआर परीक्षणमा मात्रै हालसम्म ३ अर्ब १८ करोड ९४ लाख खर्च
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले एक जनामा कोरोना संक्रमण भएको पत्ता लगाउन एक लाख ४ हजार ६३० रुपैयाँ खर्च गर्न परेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज भएको मिडिया ब्रिफिङमा एक जनामा कोरोना पोजेटिभ भएको पत्ता लगाउन १ लाख ४ हजार ६३० रुपैयाँ खर्च भएको बताएका हुन्। डा गौतमले हालसम्म ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३० हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाए ।
हालसम्म कोरोना पत्ता लगाउन गरिएको पीसीआर परीक्षणमा मात्रै सरकारको ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । उनले यो रकम स्वास्थ्यकर्मीले लगाउने पीपीईमा लाग्ने खर्च बाहेक रहेको जनाएका छन्।
डा गौतमले एक जनाको लागि लाग्ने ५ हजार ५ सयका दरले पीसीआर परीक्षण गर्दा यो खर्च आएको जनाएका छन्। उनले एक जना संक्रमितलाई ३० दिन आइसीयूमा राख्न पर्दा ४ लाख ५० हजार खर्च हुने बताए । उनले कोरोनाको परीक्षण र उपचारमा बस्दा धेरै खर्च हुने हुँदा पनि हामी यसबाट बच्न नै सजग हुनुपर्नेमा जोड दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम