थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी शुक्रबार थप ८३८ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर घर जानेको संख्या १८ हजार २१४ पुगेको छ । हालसम्म कोरोनाको आंशकामा १२ हजार २३४ जना क्वारेन्टाइनमा बसेका छन्।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १३ हजार ५७९ जनाको नमुना परीक्ष्ण गरिएको थियो । आज मात्रै थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त