पाटन अस्पतालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले विज्ञप्ति जारी गर्दै दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । दोलखाकी ३० वर्षीया महिला र सर्लाहीको मलंगवाका ४६ वर्षीय पुरुषको जनाएको आज बिहान मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।
दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको पनि केन्द्रले जनाएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा