सुदूरपश्चिममा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १ हजार २ सय ११ जनाको कोरोना परीक्षण भएकोमा १ सय २९ जनामा संक्रमण देखिएको हो।
कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ७० जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो।
अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५÷१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिए। उनले डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका १ जनामा संक्रमण भएको जानकारी दिए।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। १ सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
उनले बताए। इन्चार्ज श्रेष्ठका अनुसार केआईसिंह गाउँपालिकाका १ महिलामा समेत संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार २ सय १५ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये ४ हजार ३ सय बढीले कोरोना जितिसकेका छन् भने १२ जनाको मृत्यु भएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा