भरतपुर अस्पतालमा ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै रत्ननगर नगरपालिका वडा नं १३ निवासी ६५ वर्षका पुरुषको कोरोनाबाट बिहिबार दिउँसो मृत्यु भएको जनाएको हो । अस्पतालका अनुसार कोरोना संक्रमित भई ६ दिनदेखि अस्पतालको कोभिड आइसीयूमा उपचार भइरहेकोमा आजै उनको मृत्यु भएको हो ।
अस्पतालका अनुसार उनी क्षयरोगका बिरामी समेत थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा