यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ५ जिल्ला
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।
लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले आ आफनो क्षेत्रमा निषेधाज्ञा जारी समेत गरेका छन्। काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौं प्रशासनले बुधबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोनाको जोखिममा विशेष गरेर ५ वटा जिल्ला रहेका छन्। मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्ला उच्च जोखिममा रहेको र यी जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
यसैगरी हाल ४ वटा जिल्ला कोरोना मुक्त भएका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हाल कोरोनाको संक्रमित छैनन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा