विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक, संक्रमित २ करोड २५ लाख नाघे
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक पुगेको छ ।
वर्ल्डोमिटरका अनुसार बिहिबारसम्म विश्वमा ७ लाख ९१ हजारको मृत्यु भइसकेको छ भने २ करोड २५ लाख ७९ हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा मात्रै विश्वमा २ लाख ५८ हजार बढी संक्रमित थपिएका छन्। यसैगरी ६ हजार ४३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये १ करोड ५२ लाखले कोरोना जितेर डिस्चार्ज भएका छन्। हाल ६४ लाख सक्रिय संक्रमितहरुको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।
हालसम्म अमेरिका कोरोनाबाट बढी प्रभावित भएको पाइएको छ । अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्।
अमेरिकामा मात्रै हालसम्म झण्डै ५७ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ७६ हजार बढी मानिसको मृत्यु भइसकेको छ । ब्राजिमा ३४ लाख ६० हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ । उता भारतमा २८ लाख ३५ हजार बढीमा संक्रमण देखिएको छ ।
यता नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २८ हजार बढीमा संक्रमण देखिएको छ भने १२० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा