सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिमका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए। थपिएका संक्रमित सबै डोटीका हुन्।
उनका अनुसार शिखर नगरपालिका–१० का १६ जना, वडा नम्बर ९ का १४, वडा नम्बर ७ का १३ र वडा नम्बर १ का २ तथा दिपायल सिलगढी नगरपालिका–८ का १ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। कैलालीको जोशीपुर गाउँपालिका–७ का ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ७३ पुगेको छ। संक्रमण पुष्टि भएका ४ हजार २ सय बढी डिस्चार्ज भएका छन्। संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा