पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार कास्की पोखरा महानगरपालिका वडा नंबर १६ का ८७ पर्षीय पुरुषको उपचारका क्रममा आज मंगलबार १० ४० मा मृत्यु भएको हो । डा आचार्यले उनी उच्च ज्वरो आएका कारण साउन ३२ गते अस्पताल आएको र भदौ १ गते कोरोना पुष्टि भएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिएको जनाए । मिर्गौला र मधुमेहका समेत रोगी रहेका उनको उपचारकै क्रममा आज मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएर सो प्रतिष्ठानमा हालसम्म ४ जनाको मृत्यु भइसकेको छ । यसैगरी याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा