नेपालगञ्जमा ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बाँकेमा सोमबार राती थप एकको मृत्यु भएको जनाएका छन्। नेपालगञ्ज -५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट उपचारकै क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु भएको उनले पुष्टि गरेका छन्। साउन ३२ गते अस्पताल भर्ना भएका उनको उपचारकै सोमबार मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएकै राती ११ ४० बजे उनको निधन भएको हो ।
योसँगै कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बाँकेमा ३ जनाको मृत्यु भइसकेको छ । बाँकेमा कोरोना समूदायमा फैलिएको भन्दै दुई
सातादेखि निशेधाज्ञा गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा