कोरोनाका ११३ संक्रमित आइसीयूमा र ६ जना भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा विभिन्न अस्पतालमा गरेर ११९ जना कोरोना संक्रमित आइसोलेसन र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहानसम्म ११३ जना संक्रमितको आइसोलेसनमा र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । मन्त्रालयका अनुसार आइसीयूमा उपचार भइरहेको संक्रमितको संख्या बाग्मती प्रदेशमा सबैभन्दा धेरै रहेको छ ।
बाग्मती प्रदेशमा ५९ जनाको आइसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइहरेको छ । यसैगरी प्रदेश १ मा १ जना, प्रदेश २ मा ४१ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश ५ मा ११ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको हो । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि संक्रमित आइसीयूमा रहेका छैनन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा