धरानमा संक्रमित नर्सकाे परिवारमा पनि देखियो संक्रमण
हेल्थ टिभी अनलाइन\ धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना संक्रमित एक नर्सको परिवारका ४ जना सदस्यमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको मेटरनल आइसियूमा कार्यरत ४ जना नर्सहरुको कोरोना रिपोर्ट पोजेटिभ आएका मध्यको एक नर्सका परिवारमा संक्रमण पुष्टि भएको हो । संक्रमित नर्सका बुवा, आमा, भाइ र छोरामा पनि सक्रमण देखिएको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए ।
यसअघि पनि एमआइसियुमै २ जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । शुरुमा एमआइसियुमा उपचाररत एक महिलामा संक्रमण पुष्टि भएको थियो । ती महिलाबाट ६ जना नर्स हुँदै परिवारमासमेत संक्रमण पुगेको छ ।
उनीहरुलाई होम आइसोलेसनमा राख्ने तयारी भएको वडाअध्यक्ष गिरीले जानकारी दिए । उनीहरु बसेको घरलाई सिल गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा