भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन : भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
एक महिना अघिदेखि मेदान्त अस्पतालमा उपचार भइरहेकोमा आज उपचारकै क्रममा मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गर्दा शुरुमा नेगेटिभ आएको भए पनि पुन परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
उनमा गत जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनी ७३ वर्षका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा