गत २४ घण्टामा थप ६४१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २४३ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २४३ रहेको छ । यसैगरी आज १३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ रहेको मन्त्रालयले जनाएको छ ।
आज पर्सामा एक जना पुरुष र मोरङमा एक जना महिलाको कोरोना संक्रमणबाट पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा