मेडिकल कलेजले पनि कोरोना संक्रमितको उपचार गर्नुपर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले मेडिकल कलेजहरुलाई कोरोना संक्रमितको उपचारका लागि तुरुन्त बेड छुट्याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सम्पूर्ण मेडिकल कलेजहरुलाई कोभिड- १९ का बिरामीहरुका लागि उपचार गर्न स्विकृत बेड संख्याको एक तिहाई बेड छुट्याउन निर्देशन दिएका हुन्।
उनले देशभरका मेडिकल कलेजहरुलाई आफनो बेड संख्याको एक तिहाई बेड छुट्याएर छुट्टै भवन वा आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिएका छन्।
मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबार मात्रै निजी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्नुपर्ने भन्दै आफनो अस्पतालमा भर्ना भएका बिरामीलाई कोरोना पुष्टिभएपछि रिफर गर्न नपाइने सूचना जारी गरेको थियो ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त