चितवनमा निजी अस्पतालले पनि शुरु गर्यो कोरोना संक्रमितको उपचार
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा पहिलोपटक निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार शुरु गरिएको छ ।
चितवनको भरतपुरमा रहेको श्री पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमितको उपचार गर्न शुरु गरेको हो । चार दिनअघि अस्पतालमा भर्ना भएका ६१ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
सरकारले शुक्रबार नै निजी अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा सोही अस्पतालले उपचार गर्नुपर्ने बताएको थियो । सोही बमोजिम अस्पातलमै राखेर उपचार गरिएको अस्पातलले विज्ञप्ति जारी गर्दै जनाएको छ । यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितलाई भरतपुर अस्पताल पठाउने गरिएको थियो ।
शनिबार बिहान अस्पतालले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकैलीका ६१ वर्षीय पुरुषको शुक्रबार कोरोना पुष्टि भएको र आइसीयूमा राखेर उपचार भइरहेको जनाएको छ ।
अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितको उपचार गर्न शुरु गरिएको जनाएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा