निजी अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएमा सोही अस्पतालले उपचार गर्नुपर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले निजी अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा स्वास्थ्य मन्त्रालयलाई सम्पर्क नगरी सिधै कोभिड अस्पतालमा पठाउन नपाइने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले कोभिड अस्पतालमा समेत बेड अपुग हुन थालेको भन्दै आफनो अस्पतालमा भर्ना भएका बिरामी आफैले उपचार गर्न आग्रह गरेका छन्।
डा गौतमले निजी अस्पताललाई यसअघि नै कम्तीमा २० प्रतिशत बेड कोरोना संक्रमितको लागि अनिवार्य छु्ट्याउन निर्देशन दिइसकेकाले सोही बमोजिम संक्रमितको उपचार गर्न आग्रह गरेका हुन्। उनले यदि बिरामी अन्य कोभिड अस्पतालमा रिफर गर्नु पर्ने भएमा हब अस्पतालसँग समन्वय गरेर मात्र कहाँ कसरी पठाउने भन्ने बारेमा सम्बन्धित अस्पताललाई समेत जानकारी गराएर र स्वास्थ्य मन्त्रालयले अनुमति दिएपछि मात्र पठाउनुपर्ने बताए ।
अस्पतालले संक्रमण पुष्टि हुनासाथ संक्रमित अन्य अस्पताल पठाउँदा बेड अभावका कारण यताउता भौतारिनपर्ने हुनसक्ने भन्दै सबै निजी अस्पतालले संक्रमितको उपचार गर्नुपर्नेमा उनले जोड दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित