नेपालमा शुक्रबार ५९४ संक्रमित थपिए, थप ४ जनाको मृत्यु
काठमाडौं उपत्यकामा थप ११९ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ५९४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।
हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ रहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । आज मात्रै कोरोनाबाट ४ जनाको मृत्यु भएको पुष्टि भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा