स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल
हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुरस्थित भरतपुर अस्पतालको आकस्मिक कक्ष बिहिबारदेखि सिल गरिएको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले अन्य बिरामीलाई संक्रमणबाट जोगाउनका लागि भन्दै आकस्मिक कक्ष सिल गर्ने निर्णय गरेको जनाएको छ । बिहिबार मात्रै अस्पतालका स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ , ‘मिति २०७७ साल साउन २९ गते यस अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड -१९ संक्रमण देखिएकाले आज साउन २९ गते राती ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक सेवा सिल गरिएको छ ।’
अस्पतालले जारी गरेको सूचना:






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा