कोरोना संक्रमितका लागि जम्मा ४९६ भेन्टिलेटर र ९४२ वटा आइसीयू बेड
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको लागि देशभर जम्मा ४९६ भेन्टिलेटर र ९४२ वटा आइसीयू बेड छुट्याइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितका लागि भनेर प्रदेश अनुसार आइसीयू बेड र भेन्टिलेटरको व्यवस्थापन गरिएको बताएका छन्। उनका अनुसार कोरोना संक्रमितका लागि छुट्याइएको आइसीयू र भेन्टिलेटरको संख्या यसप्रकार रहेको छ ।
प्रदेश नं १ मा जम्मा ४३ आइसीयू बेड र १९ भेन्टिलेटर, प्रदेश नं २ मा जम्मा ४५ आइसीयू बेड र १७ भेन्टिलेटर, बाग्मती प्रदेशमा जम्मा ६३० आइसीयू बेड र ३६१ भेन्टिलेटर, गण्डकी प्रदेशमा जम्मा १३७ आइसीयू बेड र ५९ भेन्टिलेटर, कर्णाली प्रदेशमा जम्मा ४० आइसीयू बेड र १७ भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा जम्मा १८ आइसीयू बेड र १० भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।
विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यो संख्या कम हुने भन्दै आइसीयू र भेन्टिलेटरको संख्या बढाउनुपर्नेमा जोड दिंदै आएका छन्।कोरोना भाइरसको संक्रमणका कारण फोक्सोमा असर पर्न गई धेरै संक्रमितलाई श्वासपश्वासमा समस्या आई आइसीयूको उपचार चाहिन सक्ने हुनसक्छ ।
नेपालमा पछिल्लोपटक देखिएका संक्रमितमध्ये धेरैमा कडा खालको लक्षण देखिएको र केहीलाई आइसीयूमै राख्न परेको छ । त्यसैले पनि संक्रमितको ज्यान जोगाउन आइसीयू र भेन्टिलेटर महत्वपूर्ण हुने भन्दै विज्ञहरुले आइसीयू बेडको संख्या बढाउन सुझाव दिंदै आएका छन्।
नेपालमा हालसम्म २४ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा