थप ५२५ जनामा कोरोना संक्रमण, १०९ जना कोरोना जितेर डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेनटाइनमा रहनेको संख्या १४ हजार ७६९ रहेको छ । यसैगरी आज मात्रै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ । योसँगै नेपालमा हालसम्म १६ हजार ८३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ९५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा