बाँकेका ३० जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेका विभिन्न आईसोलेसन सेन्टरमा भर्ना भएका ३० जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।
बाँके स्वास्थ्य कार्यालयकाकोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार खजुराको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमाको आइसोलेसनमा रहेका ४ जना, लायन्स डेन्टल अस्पताल खजुरा रोड आइसोलेसन सेन्टरबाट १३ जना, आन्तरिक राजस्व कार्यालय आइसोलेसन सेन्टरबाट ११ जना र आदर्शनगर आइसोलेसन सेन्टरबाट २ जना गरी ३० जनाले कोरोना जितेर घर फर्केका हुन् ।
बाँकेमा ४ जना अन्य जिल्लाको समेत गरी ६ सय ६७ कोरोना संक्रमित रहेकोमा ४ सय ३५ डिस्चार्ज भएका छन् भने २ सय २९ जना सक्रिय संक्रमित विभिन्न आइसोलसन सेन्टरमा रहेको कोराना फोकल पर्सन श्रेष्ठले जनाकारी दिएका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त