त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टरमा कोरोना
आकस्मिक सेवा केही समयका लागि बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सी विभागमा कार्यरत चिकित्ससहित ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कोभिड १९ संयोजक डा सन्तकुमार दासले आकस्मिक कक्षमा कार्यरत दुई जना डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले चिकित्सकबाट बिरामीमा संक्रमण फैलिन सक्ने भन्दै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गरेर रिपोर्ट आएमात्र सेवा सुरु गर्ने भन्दै केही अर्को सूचना नआएसम्मका लागि आकस्मिक सेवा बन्द गरिएको बताए ।
अस्पतालका अन्य सेवा भने सूचारु हुने उनले बताए । पछिललो समय राजधानी लगायतका अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ । जसले गर्दा सेवा प्रवाहमा समस्या देखिन थालेको छ । मंगलबार त्रिवि शिक्षण अस्पतालकै डाक्टर, बुधबार बीर अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण देखिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा