स्क्रब टाइफसबाट बैतडीकी एक किशोरीको मुत्यु
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : स्क्रब टाइफस रोगबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ।
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो।
स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। त्यहाँबाट पनि रेफर भएपछि बुधबार कोहलपुर लैजाँदै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका आफन्त शंकरदत्त भट्टले बताएका छन्। मृतक पुजाका बुवा रोजगारीको सिलसिलामा विदेश रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा