Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयको सबै अस्पताललाई निर्देशन : स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउनु

स्वास्थ्य मन्त्रालयको सबै अस्पताललाई निर्देशन : स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउनु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै अस्पताललाई स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा खटाउन निर्देशन दिएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा पछिल्लो समय कोभिड -१९ को संक्रमण बढ्दै गएको अवस्था छ । यस्तो अवस्थामा हामीसँग विभिन्न अस्पतालमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवा प्रवाहमा कठिनाई हुन नदिने उपाय गर्दै जान ुबै निकायको कर्तब्य हो । त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सक स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुनबाट जोगाउन सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन  सबै अस्पतालहरुलाई अनुरोध गरिन्छ, उल्लेख छ ।’

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि