Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न अस्पतालमा गरी थप ८ जनाको मृत्यु भएको हो ।
काठमाडौंको किस्ट अस्पतालमा २ जना, पाटन अस्पतालमा एक जना, ह्याम्स अस्पतालमा १ जना र  मेडिसिटी अस्पतालमा एक जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना, कपिलवस्तुमा एक जना, सप्तरीका एक जना पुरुषको पनि कोरोनाबाट आजै मृत्यु भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले जनाएका छन्।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि