थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४८४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।
हालसम्म ७ हजार ६१३ जना सक्रिय संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । यसैगरी हाल कोरोनाको आशंकामा १४ हजार ८४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज ६४ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा