बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिका २ मोरङका ५५ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
एक साता अघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पुष्टि गरेका छन्।
एक साता अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । धरानमा आज बिहानै मात्र ७ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । धरान १५ मा स्वाव संकलन गराएका धनकुटा कि प्रदेशसभाकी संसद र उनको श्रीमानमा पनि संक्रमण पुष्टि भएको छ । यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि बहिरंग सेवा बन्द ‘ओपीडी’ बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले प्रतिष्ठानले ओपीडी सेवा बन्द गरेको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा