बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको छ । ती मध्ये एक जनाको कोरोना पुष्टि भएर भेन्टिलेटरमा उपचार भइहरेको थियो भने एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।
कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नंबर २ बर्ष ४२ का पुरुष १ जना र कृष्णनगर नगरपालिका वडा नंबर १२ का २५ वर्षका पुरुषको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार साउन २५ गते अस्पताल भर्ना भएका कपिलवस्तु कृष्णनगरका ४२ वर्षिया पुरुषको बुधबार बिहान र मंगलबारमात्रै अस्पताल भर्ना भएका तौलिहवाका २५ वर्षीय पुरुषको गएराति १२ बजे मृत्यु भएको हो ।
मृतक २५ वर्षका पुरुषको भने कोरोनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा