Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको छ । ती मध्ये एक जनाको कोरोना पुष्टि भएर भेन्टिलेटरमा उपचार भइहरेको थियो भने एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नंबर २ बर्ष ४२ का पुरुष १ जना र कृष्णनगर नगरपालिका वडा नंबर १२ का २५ वर्षका पुरुषको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार साउन २५ गते अस्पताल भर्ना भएका कपिलवस्तु कृष्णनगरका ४२ वर्षिया पुरुषको बुधबार बिहान र मंगलबारमात्रै अस्पताल भर्ना भएका तौलिहवाका २५ वर्षीय पुरुषको गएराति १२ बजे मृत्यु भएको हो ।

मृतक २५ वर्षका पुरुषको भने कोरोनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन