अख्तियार प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ।
घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले जनाएको छ ।
हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । उनी होम आइसोलेसेनमा रहेको पनि बताइएको छ ।
अख्तियारका अन्य ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट भने अझै आउन बाँकी रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा