Health TV Online
Health TV Online

सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार सेती प्रादेशिक अस्पताल, त्रिवि शिक्षण अस्पताल काठमाडौंर भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २४ घण्टामा एक सय ४६ जनाको कोरोना परीक्षण भएकोमा तीन जिल्लाका १० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ३ पुरुष, दार्चुलाकै मार्मा गाउँपालिकाका २ पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका २ पुरुष, कञ्चनपुरकै बेल्डाडी गाउँपालिका –२ का १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–७ र वडा नम्बर ३ का १÷१ पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश बाहिरका २ वटा प्रयोगशालामा थप २ जनामा कोरोना पुष्टि भएको हो ।

गौतमले त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा दार्चुलाका एक र भेरी अस्पताल प्रयोगशालामा अछामका एक गरी दुईजनामा कोरोना पुष्टि भएको बताए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार