बाँकेमा मेडिकल कलेजका ५ स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज मेडिकल कलेजका ५ जना स्वास्थ्यकर्मीसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा ४८० नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २६ जना, नेपाली सेना फिल्ड अफिस दाङका २९ जना यसैगरी दाङकै ३ जना र अछामका १ जना रहेका छन्।
बाँकेमा कोरोना संक्रमितको संख्या समूहमा देखिन थालेपछि बाँके प्रशासनले निशेधाज्ञा जारी गरेको छ भने केही पकेट एरिया सिल समेत गरेको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त