Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ढकालले भने, भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपालमा जोखिम कायमै

स्वास्थ्यमन्त्री ढकालले भने, भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपालमा जोखिम कायमै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपालमा कोरोना संक्रमण कम हुन नसक्ने बताएका छन्।

मंगलबार थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री ढकालले भारतमा कोरोना संक्रमितकाृ संख्या बढिरहेको भन्दै त्यहाँ नियन्त्रण नभएसम्म नेपालमा कोरोना नियन्त्रण हुन गाह्रो हुने बताएका हुन्। उनले भारतसँग खुला सिमानाका कारण पनि आवतजावत भइरहने हुँदा त्यहाँ संक्रमण कम नहुँदा सम्म नेपालमा पनि संक्रमण बढ्ने बताए ।

उनले कोरोना निन्त्रणका सवालमा विकसित देशहरुले गर्न नसक्ने कार्य नेपालमा भएको भन्दै यसबाट हुने मृत्युदर असाध्यै कम रहेको समेत जिकीर गरे ।  डा ढकालले सरकारले भदौ २ गतेसम्म अधिकतम ५१ हजारसम्म संक्रमित पुग्न सक्ने अनुमान गरेर सोही बमोजिम कार्य योजना अघि बढाएको बताए । उनले सरकारले सक्दो प्रयास गरिरहेको भन्दै दैनिक २२ हजार बढीको पीसीर परीक्षण गर्न सकिने जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन