गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय ३१ पुगेको छ । गत २४ घण्टामा क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका ४ जना, तनहुँका २ जना र बाग्लुङका २ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेससनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा