भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडानमा रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेसम्म हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।
मन्त्रिपरिदको सोमबार साँझ बसेको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि साउन ५ गतेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अन्त्य भएको घोषणा गर्दै हवाई उडान र लामो दूरीको यातायात भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
बैठकले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम बढेको भन्दै बैठकले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा