एकै दिन काठमाडौंका २ जनाको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ ।
आज मात्रै काठमाडौंका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज बिहान ५ बजे मेडिसिटी अस्पतालमा ६४ वर्षीय पुरुषको मृत्यु भएको थियो भने बिहान १० बजे दिउँसो मेडिकेयर अस्पतालमा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
मेडिसिटी अस्पतालमा मृत्यु हुने पुरुष किर्तीपुर ट्याङलाफाँटका स्थानीय बासिन्दा हुन् भने मेडिकेयर अस्पतालमा मृत्यु हुने संक्रमित काठमाडौं मध्यबानेश्वरका स्थानीय हुन्।
यसरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा