मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
अस्पताल भन्छ , हाम्रो अस्पतालमा संक्रमित नै छैनन्
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६४ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले काठमाडौं कलंकी निवासी ६४ वर्षीय पुरुषको आज बिहान निधन भएको पुष्टि गरे ।
निमोनियाका कारण झण्डै एक महिनाअघि असार ३१ देखि मेडिसिटीमा भर्ना भएर उपचार गराइरहेका उनमा साउन १९ गते कोरोना पोजेटिभ आएको थियो । आज उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
हेल्थ टिभी अनलाइनले अस्पतालसँग बिहानैदेखि यसबारेमा बुझ्न खोज्दा अस्पतालका जिम्मेवार व्यक्तिले नै आफनो अस्पतालमा कोरोना संक्रमित नै नरहेको र मृत्युको हल्ला मात्र भएको जानकारी दिएका थिए ।
त्यसो त मेडिसिटी अस्पतालले कोरोना संक्रमण भएका विरगञ्जका मेयर विजय सरावगीलाई पनि आफनो अस्पतालमा राखेर उपचार गरिरहेको खुल्न आएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा