गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले विज्ञप्ति जारी गर्दै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ सय २० पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा तनहुँका २ जना, कास्कीका २ जना, नवलपरासीका २ जना र स्याङ्जा एवं पर्वतका १ १ जना रहेका छन्।
निर्देशनालयका अनुसार हालसम्म गण्डकी प्रदेशमा १४ सय ७० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा