भारतमा कोरोना कहर : एकैदिन थपिए ६२ हजार संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना कहर कम हुने संकेत नै देखिएको छैन्। गत २४ घण्टामा माज्ञै ६२ हजा कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो एकैदिन देखिएको अहिलेसम्मकै धेरै संख्या हो । गत २४ घण्टामा १ हजार ७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
हालसम्म भारतमा २२ लाख १५ हजार ७४ जनामा कोरोना पुष्टि भएको छ भने ४४ हजार ३८६ जनाका मृत्यु भइसकेको छ । संक्रमितमध्ये १५ लाख ३५ हजारले कोरोना जितेर डिस्चार्ज भएको बताइएको छ । भारतमा ११ दिनदेखि लगातार ५० हजार भन्दा बढी संक्रमित पुष्टि भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारत विश्वमै तेस्रो प्रभावित मुलुक हो । अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा