नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या ७६ पुग्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
बाँके जिल्लाको कोहलपुर -२ की ७० वर्षीया महिलाको आज ३ बजे उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शुक्रबार कोरोना पुष्टि भएर उपचार गराउँदै आएकी उनको आज दिउँसो उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनाले काम थालिसकेको हेल्थ टिभी अनलाइनलाई बताएका छन्।
योसँगै बाँकेमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने नेपालमा कुल ७६ जनाको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा