सर्वोच्चद्वारा डा श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउनुको कारण देखाउ आदेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै सो नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले गिरीलाई नियुक्ति गर्नुको कारण देखाउ आदेश जारी गर्दै गिरीलाई सात दिनभित्र उपस्थित हुन पनि आदेश दिएको छ ।
गत बिहीबार उपाध्यक्ष गिरीविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । गत आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलाशले यसअघि सर्वोच्च प्रशासनले दरपिट गरेको उक्त रिट निवेदन दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको थियो । अधिवक्ता नरेश भट्टले पेश गरेको रिट निवेदनमा आयोगका उपाध्यक्ष डा गिरीको कानुन अनुसार योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरिएको छ ।
निवेदनमा डा गिरीको नियुक्ति गैरकानुनी भएको भन्दै अहिलेसम्म उक्त पदमा बस्दा लिएको तलव र भत्ता पनि फिर्ता गर्न माग गरिएको छ ।
डा गिरीले झापाको विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंसँग कलेजको सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको आरोप लागेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा