नेपालमा २७ प्रतिशतले मास्क चिउँडोमा लगाउँछन् : अध्ययन
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाबाट बच्नका लागि लगाइने मास्क जम्मा ७२ प्रतिशतले मात्र लगाउने गरेको र २७ प्रतिशत भन्दा बढीले मास्क चिउँडोमा राख्ने गरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययन अनुसार नेपालमा जम्मा ७२ दशमलब १ प्रतिशत मानिसले मात्र मास्क प्रयोग गरेको पाइएको हो । परिषदले आज सो अध्ययनको रिपोर्ट सार्वजनिक गर्दै ७२ प्रतिशतले मात्र मास्क लगाएको पाइएको र २७ दशमलब १ प्रतिशतले मास्क नलगाएको जनाएको छ । यसैगरी मास्क लगाउनेमध्ये पनि ७२ दशमलब ६६ प्रतिशतले सही तरिकाले मास्क लगाएको पाइएको अध्ययनमा उल्लेख छ ।
परिषदले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छन् की छैनन भनी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अध्ययन गरेको हो । व्यक्तिगत रुपमा ४५ सय २ जनामा अध्ययन गर्दा यस्तो परिणाम आएको हो । यसैगरी सार्वजनिक स्थलमा २७ सय ३ जनामा मा अध्ययन गर्दा २७ दशमलब ३४ प्रतिशतले मास्क सही तरिकाले नलगाई चिउँडोमा राख्ने, हातमा लिने वा मुख मात्र छोप्ने गरी लगाएको पाइएको परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले बताए ।
यसैगरी सामाजिक दूरी कायम गरिएको छ छैन भनेर गरिएको अध्ययनमा जम्मा ३१ दशमलब २५ प्रतिशतले मात्र सामाजिक दूरी कायम गरेको पाइएको छ । यसैगरी संस्थागत रुपमा गरिएको अध्ययनमा ६० प्रतिशत स्थानमा मात्र साबुन पानीराखिएको अध्ययनले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि एसएमएस विधि अर्थात सोसल डिस्ट्यान्सिङ, मास्कको प्रयोग र सेनिटाइजर वा साबुन पानीको प्रयोग अघि सारेको छ । यही जनस्वास्थ्यका मापदण्ड कसरी पालना भइरहेको छ भनेर परिषदले अध्ययन गरेको परिषदका कार्यकारी प्रमुख ज्ञवालीले जनाए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित