चितवनमा ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा शनिबार ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै गत २४ घण्टामा ६९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुरमा कार्यरत प्रहरी र थुनुवा समेत रहेका छन्। यसैगरी भरतपुरका ६ वर्षका बालकमा पनि संक्रमण देखिएको छ भने अस्पतालमा उपचाररत बिरामी पनि रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा