सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रबिन खड्का विजयी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा रबिन खड्का विजयी भएका छन्।
संघको आज शनिबार अनलाइन माध्यमबाट भएको मतदानमा डा खड्काले ४८० मत ल्याएर अर्का प्रत्यासी डा समाज गौतमलाई पछि पारेका हुन् । उनका प्रतिस्पर्धी डा गौतमले २३७ मत ल्याएका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा डा विजय थापा विजयी भएका छन्। थापाले ४३९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा राम प्रसाद सापकोटाको २६८ मत आएको छ।
यसैगरी उपाध्यक्षमा डा सुशील मोहन भट्टराई विजयी भएका छन्। यस्तै महासचिवमा डा किर्तिपाल सुवेदी ४०९ मत ल्याएर विजयी भएका छन्।
सचिवमा डा रोशन भगद ४२८ मत ल्याएर साथ विजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा डा सुधा साही ५०३ मतका साथ विजयी भएकी छन् । कुल ७६८ मतदातामध्ये ७२३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान बिहान ७ बजेदेखि ५ बजेसम्म गरिएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम